राजा महेन्द्रको ‘कू’ पछि कांग्रेसले यसरी गरेको थियो भरतपुर कब्जा

हिमाल खबर

काठमाडौँ

१ पुस २०१७ मा राजा महेन्द्रले निर्वाचित सरकार र संसद् विघटन गरी शासन सत्ता आफ्नो हातमा लिए।

राजाको ‘कू’ पछि अपदस्थ प्रधानमन्त्री बीपी कोइरालासहित नेपाली कांग्रेसका नेताहरूलाई पक्राउ गरियो। उनीहरू सुन्दरीजल जेल चलान गरिए। बीपी नेतृत्वको सरकारका उपप्रधानमन्त्री सुवर्णशमशेर कामविशेषले भारत गएकाले पक्राउ परेनन्। 

नेपाली कांग्रेसका कार्यकर्तामाथि देशभर धरपकड शुरू भयो। अन्योलमा परेका कार्यकर्तामध्ये कोही स्वदेशमै भूमिगत भए, कोही भारतमा निर्वासित भए।

चितवनमा पनि धरपकड बढ्न थाल्यो। चितवनबाट कमलकुमार राई र लालध्वज गुरुङ भारत पुगे। त्यसपछि महेश्वरलाल श्रेष्ठ, कृष्णलाल पौडेल, पूर्णबहादुर गुरुङ, दलबहादुर आले, भीमप्रसाद जैसी आदिको समूह भारत पुग्यो।
 

प्रकाशित मिति: : 2021-04-07 06:58:00

प्रतिकृया दिनुहोस्