अमेरिकाका राष्ट्रपति र जापानका प्रधानमन्त्रीबीच वार्ता हुँदै

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकाका राष्ट्रपति जो बाइडेन र जापानका प्रधानमन्त्री योशिहिदे सुगाको बीच यहीँ १६ अप्रिलमा हुने वार्ता हुने भएको छ।

वार्तामा चीन र ताइबानमा भएको मानवअधिकार हननको बारेमा विशेष छलफल हुने बताईएको छ। 

ताइबानमा चीनको गतिविधी बढ्दै जाँदा ताइबानमा अस्थिरता बढेको नेताहरुको निष्कर्ष छ। चीनले ताइबानलाई आफ्नो क्षेत्र मानेको कारण चीन ताइबानको हरेक क्षेत्रमा हस्त्क्षेप गर्दै आएको मानिन्छ।

चीनका युद्धक विमान बेला बेलामा ताइबानको सिमा क्षेत्रमा पसेको पाईन्छ। जसले त्यस क्षेत्रमा भएको अस्थिरता र गतिबिधिबाट जापानलाई चिन्तीत बनाएको देखिन्छ। 

प्रकाशित मिति: : 2021-04-07 05:55:00

प्रतिकृया दिनुहोस्