आगामी बजेटमा नयाँ कार्यक्रमलाई २० प्रतिशत मात्रै ‘स्पेस’

नेपाल खबर

काठमाडौं

आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि आउने बजेट कार्यक्रमको रुपरेखा तयारी सुरु भइसकेको छ।

अर्थ मन्त्रालयले आगामी कार्यक्रममा समावेश गर्ने विषयहरुलाई सरोकारवाला निकाय तथा व्यक्तिहरुसँगको छलफल समेत तीव्र बनाइसकेको छ।

बजेट नै तयार गर्नको लागि अर्थ मन्त्रालयका ५ जना सहसचिवहरुको ‘कोर टिम’ले तयारी गरिसकेको छ।

यसबाहेक उपसमितिहरु बनाएर विभिन्न नियकाहरुबाट समेत बजेट निर्माणको तयारी भइरहेको छ।

बजेट निर्माणको लागि नै राष्ट्रिय योजना आयोगले खाका पनि पठाइसकेको छ।

प्रकाशित मिति: : 2021-04-06 16:17:00

प्रतिकृया दिनुहोस्