भन्सार एजेन्टको तयारीमा हुनुहुन्छ ? यी विषयमा ध्यान दिनैपर्छ...

बाह्रखरी

काठमाडौँ

सरकारले ६ सय ६० जना नयाँ भन्सार एजेन्ट नियुक्त गर्दैछ। त्यसका लागि करिब २० वर्षपछि एजेन्टको लाइसेन्सका लागि विज्ञापन खुलाएको छ।

भन्सार एजेन्टको इजाजत लिन इच्छुक व्यक्तिले अनलाइनबाट दरखास्त दिइरहेका छन्। 

भन्सार एजेन्टले सामान निकासी तथा पैठारीमा व्यापारी र भन्सार कर्मचारीबीच पुलको रुपमा काम गर्छन्।

मालसामान आयात प्रक्रियामा व्यवसायीले एजेन्टलाई आफ्नो प्रतिनिधि नियुक्त गरेको हुन्छ। ‘मेरो मालसामान पास गर्ने यो व्यक्ति हो’ भनेको घोषणाअनुसार एजेन्टले भन्सार जाँचपास गर्न पाउँछ।

प्रकाशित मिति: : 2021-04-06 08:21:00

प्रतिकृया दिनुहोस्