अमेरिका र ब्रिटेनले अल्प तथा मध्यम श्रेणीका क्षेप्यास्त्र तैनाथ गर्दा रुसलाई तनाब

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : Tass.com
Photo : Tass.com

रुसले अमेरिका र ब्रिटेनले संसारभरी आफ्ना अल्प र मध्यम श्रेणीका क्षेप्यास्त्रहरु तैनाथ गर्दा खतरा बढ्ने बताएको छ। 

रुसी विदेश मन्त्रलयकी प्रवक्ता मारिया जखरोवाले सोमबार पत्रकारसँग कुराकानी गर्दै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पहिले प्रतिबन्धित भएको क्षेप्यास्त्रहरु तैनाथ गर्ने योजना बनाएको बताएकी छिन्। 

इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्सेस ट्रीटी (आईएनएफ) अन्तर्गत प्रतिबन्धित गरेको क्षेप्यास्त्र पुन तैनाथ गर्नाले तनाब बढ्ने उनको जिकिर छ। 

प्रवक्ता जखरोबाले भनिन, 'ब्रिटेनको सेनाले सत्रुतापूर्ण व्यवहार गर्ने भएकाले दुई देशबीचको समस्याहरुलाई राजनैतिक वा कुटनैतिक रुपले समाधान गर्न नसकिने भएको छ।'

यसबारेमा अमेरिका र नाटोले भने कुनै स्पष्ट धारणा दिएका छैनन्। 

प्रकाशित मिति: : 2021-04-06 07:13:00

प्रतिकृया दिनुहोस्