ओली– खनाल/नेपाल पार्टी विभाजनतिर, वामदेव कता ?

बाह्रखरी

काठमाडौं

“केपी शर्मा ओलीको दिमाग परिवर्तन गर्न सक्ने कोही मोटिभेटर छ कि, कोही धामी झाँक्री छन् कि, कोही मनोवैज्ञानिक छन् कि, कोही हिम्मतवाला मानिस छन् कि ? हाम्रो वामदेव गौतम अहिले पनि कोसिस गर्दै हुनुहुन्छ। मैले भनेँ– बालुवाटारको बालुवा पेलेर तेल निस्किनेवाला छैन। यो मेरो निष्कर्ष हो। र, हाम्रो निष्कर्ष हो ।

तर, पनि कतिपय कमरेडलाई लागेको होला, अझै पनि तेल निस्कन्छ कि, अझै पेलेको पेल्यै गर्नुहोस् ननिक्लिउञ्जेलसम्म त्यहीँ रुँगेर बस्नुस्, भन्नु केही पनि छैन। अस्ति मैले वामदेव कमरेडलाई पनि भनेँ– फेरि कमरेड कोसिस गर्नुस्। उहाँले पनि भन्नुभयो– म त थाकिसकेँ। केपी ओलीलाई सुधार्न सकिँदैन। त्यसो हुँदा मलाई विश्वास छ, वामदेव कमरेड र हामी सँगसँगै हातेमालो गरेर अगाडि बढ्ने छौँ। केपी ओलीका विरुद्धमा एकताबद्ध भएर जान्छौँ।”

आइतबार काठमाडौंमा समानान्तर जिल्ला कमिटी घोषणा कार्यक्रममा एमाले नेता वामदेव गौतमप्रति माधवकुमार नेपालले गरेको भरोसा हो यो।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकृकीत मार्क्सवादी, लेनिनवादी) अर्थात् एमाले विभाजनको सन्निकट छ। फागुन २३ को फैसलापछि प्रधानमन्त्री ओली ‘एक्लै’ अघि बढ्न खोजेपछि असन्तुष्ट वरिष्ठ नेता झलनाथ खनाल र नेता नेपालको समूह अलग्गै पार्टी निर्माणको अभियानमा लागेको छ।

प्रकाशित मिति: : 2021-04-05 19:39:00

प्रतिकृया दिनुहोस्