लयमा फर्किँदै यातायात व्यवसाय, चालक र सहचालक भने अभाव

सेतोपाटी

काठमाडौं

कोरोना महामारीका कारण लामो समय थला परेको यातायात व्यवसायले विस्तारै लय समात्न थालेको छ।

सामान्य अवस्थामाभन्दा यात्रु चाप घटे पनि अवस्था सन्तोषजनक रहेको व्यवसायीहरूले बताएका छन्।

यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्न सरकारसँग हातेमालो गरेका कतिपय कम्पनी महामारीका कारण व्यवसाय बन्दै गर्नुपर्ने हो कि भन्ने चिन्तामा थिए।

मयुर, महानगर, मेट्रोसिटी यातायात लगायतले यात्रु चाप घटेको, तेल र अन्य खर्च बढेकाले व्यवसाय बन्द गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएको गुनासो गरेका थिए।

पछिल्लो समय भने व्यवसाय लयमा फर्कन थालेको व्यवसायीहरूले बताएका छन्।

प्रकाशित मिति: : 2021-04-05 16:32:00

प्रतिकृया दिनुहोस्