मेलम्चीको पानी : पुरानो वितरण प्रणालीले थेग्नै सकस

अनलाइनखबर

काठमाडौं

शनिबार दिउँसोको दृश्य हो– त्यागलबाट ग्वार्कोतर्फ झर्ने सडकमा कोही सडकमै गलैंचा पखालिरहेका, कोही सडकमै राखेर कपडा धुन व्यस्त थिए।

त्यसरी सडकमै लुगा–कपडा र गलैंचा धुने अवसर भने पाइप फुटेर सडकभरि बगिरहेको मेलम्चीको पानीले जुराइदिएको थियो।

स्थानीय इन्द्रकुमार श्रेष्ठका अनुसार सडकबाट पानीको फोहोरा छुटेपछि त्यही मौकामा धेरैले भाँडाकुँडामा पानी भर्न पनि भ्याए।

‘खानेपानी कहिलेकाहीं मात्रै आउँथ्यो, अस्तिदेखि लगातार पानी छोडेछन्’ श्रेष्ठले भने, ‘कवाडी भइसकेको पाइपले कसरी मेलम्चीको पानी थेग्थ्यो !’

आइतबार बिहान रत्नपार्क छिर्ने गेट अगाडि सडकमै पानीका भुल्काहरू देखिए। सडकभरि पानी नै पानी थियो। वर्षामा जस्तै पानी उछिट्याउँदै सवारी साधन हुँइकिइरहेका थिए। 

प्रकाशित मिति: : 2021-04-05 14:24:00

प्रतिकृया दिनुहोस्