भद्रगोल प्रादेशिक अस्पताल : बिरामी छटपटाइरहन्छन्, डाक्टर भेटिँदैनन्

शिलापत्र

काठमाडौं

सुत्केरी ब्यथाले च्यापेपछि महोत्तरीको जलेश्वर नगरपालिका- ११, पिगौनाकी किरण देवी अघिल्लो शुक्रबार प्रसूतिका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना हुन आइन्।

शुक्रबार साँझ करिब ६ बजे किरणलाई अटोरिक्सामा अस्पताल ल्याएपछि उनका आफन्त डाक्टरको खोजीमा लागे। करिब १० मिनेटसम्म अस्पतालमा डाक्टर चहार्दै हिँडेपछि एकजना नर्स भेट्टाए।

किरणका आफन्तले ग्लोब्स, मास्कसहितका मेडिकल सामग्री ल्याए। त्यसपछि नर्सले बिरामीको अवस्था हेरिन्। पाठेघरको मुख नखुलेको भन्दै उनलाई तत्काल भर्ना हुन सुझाव दिइन्।

किरणको पीडा बढ्दै थियो। एक घण्टापछि पीडा असह्य भयो। त्यसपछि किरणका आफन्तले पुन: अस्पतालमा डाक्टर तथा नर्स खोज्न थाले।

करिब चार घण्टासम्म उनीहरूले अस्पतालमा कर्मचारीको समेत अतोपत्तो देखेनन्। उनीहरूको चिन्ता बढ्न थाल्यो।

प्रकाशित मिति: : 2021-04-05 13:17:00

प्रतिकृया दिनुहोस्