कमल थापाद्वारा पूर्वप्रधानसेनापति राणाको निधनप्रति दुःख व्यक्त

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली सेनाका पूर्वप्रधानसेनापति अर्जुन नरसिंह राणाको निधनप्रति दुःख व्यक्त गरेका छन्।

अध्यक्ष थापाले ट्विट गर्दै लेखेका छन्, ‘नेपाली सेनाका पूर्व प्रधानसेनापति अर्जुन नरसिंह राणाको दु:खद निधन भएकोमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु। स्व. राणा एक असल व्यक्ति तथा निर्भिक र कर्तव्यपरायण सैनिक अधिकृत हुनुहुन्थ्यो।’

पूर्व प्रधानसेनापति राणाको ९१ बर्षको उमेरमा आइतबार निधन भएको हो।

कोरोना संक्रमणपछि भएको निमोनियाका कारण उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ। उनी वीरेन्द्र अस्पताल, छाउनीमा उपचाररत थिए।

प्रकाशित मिति: : 2021-04-05 12:42:00

प्रतिकृया दिनुहोस्