‘अनैतिक सरकार’को विकल्प खोज्ने कांग्रेसको तयारी : के जसपाले साथ देला ?

‘हामीले ढोका खोल्यौँ, अरुले यही सरकार चाहन्छन् कि विकल्प हेरौँ !’

बाह्रखरी

काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापनाको एक महिना नौ दिनपछि गएको शुक्रबार सरकारको विकल्प खोज्ने निर्णय गर्‍यो।

प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःस्थापनापछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भनेर नेताहरुले बोल्दै आए पनि शुक्रबार भने कांग्रेसले केन्द्रीय समिति बैठकबाटै प्रधानमन्त्रीको राजीनामा मागेको हो।

यसअघि, परिस्थिति परिपक्व नभएको भन्दै सरकारको विकल्पका लागि अघि नसरेका कांग्रेस सभापति शेरबहादुर देउवाका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले राखेको प्रस्ताव कांग्रेसको केन्द्रीय समितिले पारित गरेको हो।

'सम्मानित सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको महिना दिन पुग्न लाग्दा समेत प्रधानमन्त्रीले पदत्याग गरेर मार्गप्रशस्त नगरेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक उहाँको राजीनामा माग गर्दछ,' कांग्रेस केन्द्रीय समितिको निर्णयमा भनिएको छ, 'साथै, नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गर्दछ।'

कांग्रेसले प्रधानमन्त्रीको राजीनामा मात्र मागेको छैन, सरकारको विकल्पका लागि पनि अग्रसरता लिने निर्णयसमेत गरेको छ।

प्रकाशित मिति: : 2021-04-04 18:21:00

प्रतिकृया दिनुहोस्