ठगीको आरोपमा गुडविल सहकारीका अध्यक्ष पक्राउ 

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

 ललितपुरमा रहेको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले अध्यक्ष श्रेष्ठलाई चितवनबाट पक्राउ गरेको हो।

ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए। परिसरको टोलीले फरार रहेका श्रेष्ठलाई चितवनमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको परिसरकी एसएसपी किरण बज्रचार्यले जानकारी दिइन्।

'२ अर्ब बराबरको ठगीको उजुरीमा खोजी भइरहेको थियो। पक्राउ गरेर काठमाडौं ल्याएका छौं,' एसएसपी बज्रचार्यले भनिन्।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले  जानकारी दिएको छ।

प्रकाशित मिति: : 2021-04-04 15:18:00

प्रतिकृया दिनुहोस्