‘गीत नचलेपछि विदेश जाउँ कि सोच्थें’

अनलाइनखबर

काठमाडौं

सोचे झैं जिन्दगी रै’नछ…

सोचे झैं जिन्दगी रै’नछ…।

याे गीत एक समय निकै चल्यो। अघिल्लो तीजमा यही गीतमा धेरैले कम्मर मर्काए। टिकटकमा त याे निकै ‘भाइरल’ नै बन्यो। नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत रहेको गीतमा खेम र सुमन थापा मगरले स्वर दिएका थिए।

त्यसपछि ‘झ्यालमा पर्दा छ’ लोकदोहोरी सार्वजनिक भयो– खेम र सुमनकै आवाजमा। यो गीत पनि श्राेता–दर्शकले उत्तिकै मनपराए। यी दुई गीतका संगीतकार समेत रहेका खेम सेञ्चुरी पछिल्लो समय लोकदोहोरीमा चलेका संगीतकर्मी हुन्।

खेमले एकपछि अर्को गीत गाइरहेका र भिडियोमा अभिनय गरिरहेका छन्। मेला–महोत्सवतिर पनि प्रस्तुति दिइरहेका हुन्छन्। तर, खेमको यो सक्रियता शुरु भएको धेरै समय भने भएको छैन।

खेम भन्छन्, ‘डेढ, दुई वर्ष अगाडिसम्म पनि विदेश जाने सोच आउँथ्यो।’

‘सांगीतिक क्षेत्रमा लामो समय बिताउँदा आर्थिक हिसाबले सबल नभएपछि धेरै पटक विदेश जाने सोच बनाएँ। त्यही सोचले पासपोर्टसमेत बनाएँ।’

समयका हिसाबले खेम सांगीतिक क्षेत्रमा लागेको एक दशक भएको छ। तर  आर्थिक रूपमा निकै सकस भएपछि डेढ–दुई वर्ष अगाडिसम्म पनि आफू दोधारमा रहेको खेमले सुनाए।

प्रकाशित मिति: : 2021-04-03 19:10:00

प्रतिकृया दिनुहोस्