बरिष्ठ अभिनेता तथा निर्देशक तारिक शाहको निधन

photo : Indeednews
photo : Indeednews

भारतीय फिल्मका लिजेन्ड दिलिप कुमारको खोजको रूपमा परिचित बरिष्ठ अभिनेता तथा निर्देशक तारिक शाहको शनिबार बिहान निधन भएको छ।

मुम्बईको एउटा निजी अस्पतालमा उनको निधन भएको भारतीय अखबारहरूले छापेका छन्। दुई वर्षदेखि किड्नीको समस्याबाट जुधिरहेका शाहको श्रीमती शोमा आनन्द पनि अभिनेत्री हुन्। उनीहरूको एउटा छोरी सारा छिन्। 
शाहलाई १९९० मा रिलिज भएको फिल्म ‘बहार आने तक’, १९९७ मा रिलिज ‘महात्मा’ र २०१६ मा रिलिज ‘मुम्बई सेन्ट्रल’ को अभिनयका लागि चिनिने गरिन्छ। उनले १९९५ मा ‘जन्म कुण्डली’, ‘बहार आने तक’ मा निर्देशन गरेका थिए। यसबाहेक टिभी श्रृंखला ‘कडवा सच’ को निर्माता–निर्देशक थिए। 
भारतीय अखबारका अनुसार शाह दिलिप कुमारको खोज थिए। १९८४ मा दिलिप कुमार ‘सत्या’ नामक फिल्मको लेखन, निर्माण तथा निर्देशन गर्ने योजनामा थिए, जसमा दिलिप, सायरा बानो तथा तारिक शाहले अभिनय गर्ने कुरा थियो। पहिले यो फिल्म केही समयका लागि धकेलियो, यसपछि बन्दै बनेन। यसपछि शाहले ‘मोहब्बत जिन्दा रहती है (१९८१)’, ‘अब्बल नम्बरी (१९८२)’ र ‘करवट (१९८८)’ जस्ता फिल्ममा काम गरे। तर, यी फिल्म पनि कहिल्यै रिलिज भएन।

प्रकाशित मिति: : 2021-04-03 19:03:00

प्रतिकृया दिनुहोस्