माओवादी छाडेका नेतालाई एमालेमा टिक्न कति सहज ?

नेतृत्वले त पत्यायो, कार्यकर्ताले के गर्लान् ?

रातोपाटी

काठमाडौं

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा विवादबारे फैसला सुनाउँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविककै अवस्थामा फर्काए पनि सरकारमा रहेका रामबहादुर थापा बादलसहितका माओवादीका केही नेताहरु एमालेमा प्रवेश गरे।

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरुलाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पनि महत्वपूर्ण जिम्मेवारी दिएका छन्। उनीहरुमध्ये बादल, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा लगायत २० भन्दा बढीलाई विधान संशोधन गरेर एकैसाथ एमालेको केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ।

माओवादी केन्द्र परित्याग गर्दै एमालेमा प्रवेश गरेकाहरुका लागि अब एमालेभित्र राजनीतिक धरातल कति फराकिलो होला भन्नेबारे आम चासो देखिन्छ। पूर्वएमाले नेताहरुमै आपसी किचलो रहेका बेला नवप्रवेशीहरुको राजनीतिक भविष्यमाथि चिन्ता जाग्नु अस्वाभाविक पनि होइन।

एमालेका कतिपय नेता–कार्यकर्ता अझै पनि पूर्वमाओवादी पृष्ठभूमिका नेतालाई आफ्ना नेताका रुपमा स्वीकार गर्न नसकिरहेको अवस्था छ। त्यसैले रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत पूर्वमाओवादी पृष्ठभूमिका समेत २३ नेतालाई एमालेभित्र आफूलाई स्थापित गर्न निकै चुनौतीपूर्ण हुने देखिन्छ।

एकातिर पार्टीमा लामो राजनीतिक जीवन बिताएका र नेतृत्व तहमै रहेर पार्टीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे जस्ता नेताहरुलाई पाखा लगाइएको छ भने अर्कोतिर भर्खरै पार्टीमा प्रवेश गरेका पूर्वमाओवादीहरुलाई संगठनमा विभिन्न जिम्मेवारी दिइएको अवस्था छ।

प्रकाशित मिति: : 2021-04-02 08:38:00

प्रतिकृया दिनुहोस्