भागरथी हत्या प्रकरणमा सफलतापछि निर्मलाको हत्यारा पनि पत्ता लागेको प्रहरीको दाबी !

लोकान्तर

काठमाडौं

निर्मला हत्या प्रकरण घटेको झण्डै ३ वर्ष पुग्न लाग्दा प्रहरीले अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएको दाबी गरेको छ। प्रहरीले हत्यारा छिट्टै सार्वजनिक गर्ने तयारी समेत गरेको छ।

झण्डै ३ वर्षअघि २०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो।

लामो समयसम्म हत्यारा पत्ता लगाउन असफल भएपछि प्रहरीको चौतर्फी आलोचना हुँदै आएको थियो।

अहिले आएर निर्मला पन्त हत्याका अभियुक्त पत्ता लागेको र छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले बताए।

‘प्रदेश प्रहरीले हत्यारा पत्ता लागेको जानकारी हामीलाई गराएको छ। केही समयपछि सार्वजनिक हुन्छ,’ एसएसपी कुँवरले भने, ‘सबै प्रमाण जुटिसकेको छ।’

प्रकाशित मिति: : 2021-04-01 13:51:00

प्रतिकृया दिनुहोस्