नेपाली दूतावासले घुम्ती कन्सुलर सेवा शिविर सञ्चालन गर्ने भएको छ।
संयुक्त राज्य अमेरिकामा रहेका नेपाली लगायतका सेवाग्राहीलाई नजीकबाट सेवा प्रवाह गर्ने उद्देश्यले घुम्ती कन्सुलर सेवा शिविर सञ्चालन गर्न लागेको दूतावासले जनाएको छ।
इलिनोइ राज्यको शिकागो शहरस्थित इलिनोइ, आयोवा, विस्कन्सन, इन्डियाना, मिसिगन, केन्टकी, मिजौरी लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी घुम्ती कन्सुलर सेवा शिविर सञ्चालन गर्न लागिएको हो।
शिविर मार्फत सेवाग्राहीलाई राहदानी नविकरण, भिषा, गैर आवासीय नेपाली परिचयपत्र, अधिकृत वारेसनामा, कागजात प्रमाणिकरण, एकतर्फी यात्रा अनुमतिपत्र लगायतका सेवा प्रदान गरिनेछ।