दुई पटक ओस्कार अवार्ड जितिसकेकी अभिनेत्री जुडी फोस्टरले सबैभन्दा कठिन अभिनय हाँस्य अभिनय भएको बताएकी छन्।
अरुलाई हँसाउनु सबैभन्दा गाह्रो काम भएको बताउँदै फोस्टरले 'आइएएनएस'सँग कुरा गर्दै आफुले हाँस्य अभिनय गर्न नसक्ने बताइन्।
१९ नोभेम्बर १९६२ मा लस एञ्जलस, क्यालिफोर्नियामा जन्मिएकी फोस्टरले २ वर्षको उमेरदेखि नै बाल कलाकारको रुपमा अभिनय सुरु गरेकी थिइन्।
उनले दुई पटक सर्वश्रेष्ठ अभिनेत्रीको ओस्कार अवार्ड जितिसकेकी छन्। उनका चर्चित चलचित्रहरुमा 'ट्याक्सी ड्राइभर', 'पेनिक रुम', 'इनसाइड म्यान', 'नेल', 'मेबेरिक', 'बीच हाउस' आदि पर्दछन्।
टेलिभिजनमा समेत सक्रिय रहेकी फोस्टर निर्माता र निर्देशक पनि हुन्।