सडक विस्तार: हिउँदमा धुलो बर्खामा हिलो

सदरमुकाम फिदिमबाट मोटरसाइकलमा ग्रामीण क्षेत्र जाँदा अहिले विजयहाङ आङदेम्बे रेनकोट लगाउँछन्।

 प्रश्न उठ्छ हिउँदमा किन रेनकोट ? बर्खामा पानी छल्न मात्र हैन ग्रामीण क्षेत्रको सडकमा धुलो छेक्नका लागि उनी रेनकोट लगाउन बाध्य छन्  आङदेम्बेजस्तै ग्रामीण क्षेत्रमा मोटरसाइकलमा जानेहरू रेनकोट लगाएर यात्रा गर्छन्।

गन्तव्य पुगेपछि रेनकोट फुकालेर काममा लाग्छन्। ‘यसो गर्नुको बाध्यता कपडामा तथा शरीरमा धुलोको असर नपुगोस् भन्ने हो,’ आङदेम्बे भन्छन्।

मुलुक संघीयतामा गएपछि सबैभन्दा बढी बनेको भनेको सडक नै हो । अहिले केन्द्र, प्रदेश र स्थानीय तह सबैले जानेकै भनेको सडक बनाउने भन्ने मात्र देखिएको छ। विकासका लागि सडकको पहुँच सबैभन्दा अनिवार्य सर्त हो।

प्रकाशित मिति: : 2021-03-31 09:08:00

प्रतिकृया दिनुहोस्