अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरे आफ्नै 'वेबसाइट'

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : NDTV
Photo : NDTV

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती तथा पूर्व प्रथम महिला मेलानिया ट्रम्पले आफ्नो आधिकारिक वेब साइट www.45office.com सुरुवात गरेका छन्। 

अमेरिकाको ४५औं राष्ट्रपतिको रुपमा आफुले गरेको कामहरुको बारेमा जानकारी दिन र जनताहरुसँग प्रत्यक्ष जोडिनको लागि उक्त 'प्लेटफर्म'को स्थापना गरिएको ट्रम्पले बताएका छन्। 

उक्त वेबसाइटलाई उनले सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा भाग लिनको लागि प्रचार-प्रसार माध्यमको रुपमा प्रयोग गर्ने अनुमान गरिएको छ।

वेब साइटमा पूर्व राष्ट्रपति ट्रम्पले पत्नी मेलानियालाई प्रमुख स्थान दिएका छन्। उक्त वेबसाइटको मध्यमबाट उनी जनता सँग जोडिने र जनताले पनि आफ्ना मनको कुरा राख्न सक्ने बताईएको छ। यसको साथै ट्रम्प दम्पतीको कार्यक्रमहरुको पनि जानकारी गराईनेछ।

६ जनवरीका दिन संसदमा भएको हिंसाको प्रमुख जिम्मेवार मानेर सामाजिक सन्जालहरुले ट्रम्पको अकाउण्ट खारेज गरिदिएका थिए। त्यसपश्चात उनले पहिलोपटक आफ्नै इन्टरनेट 'प्लेटफर्म' खोलेका हुन्। 

प्रकाशित मिति: : 2021-03-31 08:11:00

प्रतिकृया दिनुहोस्