दक्षिण भारतीय चलचित्र 'मगधीरा'बाट चर्चामा आएकी अभिनेत्री काजल अग्रवाल यतिबेला वैैवाहिक जिवन बिताईरहेकी छन्।
'मगधीरा'मा उनी अभिनेता राम चरण सँग देखिएकी थिइन्।
सन् २०२० मा वैवाहिक सम्बन्धमा बाँधिएपछि उनले कुनै चलचित्र गरेकी छैनन्। उनले काम गर्न लागेको नयाँ चलचित्रपनि विश्वभर फैलिएको कोरोना महामारीले स्थागित भएको थियो।
यसैबीच उनले हालै मात्रै एक नयाँ चलचित्रको लागि तयारी गरिरहेको बताएकी छन्। एक अन्तर्वातामा कुराकानी गर्दै उनले नयाँ चलचित्रमा काम गर्न लागेको जानकारी दिएकी हुन्।
उनको नयाँ चलचित्र हेर्न दर्शकहरुपनि आतुर रहेको पाईन्छ। चलचित्रमा उनको सुन्दरतासँगै अब्बल अभिनयको पनि राम्रो प्रंशसा हुन्छ। काजल एक सफल अभिनेत्रीको रुपमापनि स्थापित भईसकेकी छन्।
उनले काम गर्न लागेको नयाँ चलचित्रको नाम भने खुलाईएको छैन। उनले भनेकी छन्, 'केही साता मै चलचित्रको नाम र निर्माण समूह सार्वजनिक हुनेछ।'