अमेरिकामा प्रहरीकै खुट्टाले ९ मिनेटसम्म घाँटी थिचेर मारिएका अश्वेत जर्ज फ्लयडको विषयबारे अदालतमा बहस सुरु 

बिएल संवाददाता

वासिङ्टन डीसी

गत बर्ष अमेरिकामा प्रहरीको बलबाट मारिएका अश्वेत जर्ज फ्लयडको हत्याको विषयबारे अदालतमा बहस सुरु भएको छ।

बहसको क्रममा भाइरल भएको भिडियोको प्रदर्शन गरिएको छ। उक्त भिडियोमा एक प्रहरी अधिकारीले आफ्नो घुँडाले मृतक फ्लयडको घाँटीमा थिचेको देखिन्छ। पिडित पक्षका वकिलले आरोपित प्रहरी अधिकारी डेरेक शबिनले फ्लयडको ज्यान लिएको घटना अमेरिकाको न्यायतन्त्रको परिक्षा भएको बताएका छन्। 

प्रहरी अधिकारी शबिनले आवश्यकभन्दा बढी बल प्रयोग गरेको बताउँदै उनले भने, 'यो पदको दुरुपयोग हो।'

त्यस्तै सरकारी वकिलले मृतक फ्लयडले लागुपदार्थ सेवन गरेको र त्यसै कारणले मृत्यु भएको बताएका छन्। उनले भने, 'यो प्रकरणमा सामाजिक अवस्था र जाती वा रङ्गको आधारमा निर्णय लिनु उचित हुँदैन।'

बहसको क्रममा तीन प्रत्यक्षदर्शीहरुसँग दुवै पक्षका वकिलहरुले विभिन्न प्रश्नहरु गरेका थिए। उक्त समयमा प्रहरी अधिकारी शबिनका परिवारको पनि उपस्थिति थियो।

नक्कली नोट प्रयोग गरेको अभियोगमा पक्राउ परेका फ्लयडलाई नियन्त्रणमा लिएर प्रहरी अधिकारी शबिनले ९ मिनेट २९ सेकेन्डसम्म घुँडाले घाँटीमा थिचेका थिए, जसको कारण फ्लयडको मृत्यु भएको थियो।

उक्त घटनापछि अमेरिका लगायत विश्वभर जातीभेदको विरुद्ध आन्दोलन सुरु भएको थियो।

उक्त घटनाको  लागि राष्ट्रपति जो बाइडेनले मृतकको नाबालिका छोरीसँग अमेरिकी सरकारको तर्फबाट माफी मागेका थिए। 

प्रकाशित मिति: : 2021-03-31 06:26:00

प्रतिकृया दिनुहोस्