ललितकलामा महिला कलाकारको बढ्दो आकर्षण

बाह्रखरी

काठमाडौँ

महिला कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले अहिले काठमाडौंका विभिन्न स्थानमा उनीहरूका कला प्रदर्शनीमा राखिएको छ।

काठमाडौंको बबरमहलस्थित आर्ट काउन्सिलको माथिल्लो तलामा ‘इन्स्पायर्ड’ शीर्षकमा ९ महिला कलाकारका कला प्रदर्शनीमा राखिएको छ। त्यस्तै, चाकुपाटस्थित क्लासिक ग्यालरीमा १० महिलाहरूका कला प्रदर्शनी सुरु भएको छ। बौद्धस्थित ग्यालरी लामा पनि युवा महिला कलाकार अनिषा महर्जनको एकल कला प्रदर्शनी भइरहेको छ।

आर्ट काउन्सिलकै भुईं तलामा ‘आर्टिस्ट ११’ शीर्षकको सामूहिक कला प्रदर्शनीमा महिला कलाकारकै बाहुल्यता छ। ११ मध्ये ९ जना महिला कलाकार छन्।

प्रकाशित मिति: : 2021-03-30 10:26:00

प्रतिकृया दिनुहोस्