यी पाँच कारण जसले ओलीलाई माधव नेपालविरुद्ध आक्रामक बनायो

नेपाल खबर

काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गर्ने निर्णय गरेका छन्।

पार्टीका वरिष्ठ नेता तथा उपाध्यक्षमाथिको कारबाहीसँगै एमालेको आन्तरिक कलहले पार्टी विभाजनको स्वरुप लिने अनुमान गरिएको छ। सोमबार नेपाल र रावललाई ओलीले ६ महिनाका लागि पार्टी सदस्यबाटै निलम्बन गरेका छन्।

प्रधानमन्त्री ओलीले शनिबार मात्रै नेपाल र रावलले दिएको स्पष्टीकरण कारवाही योग्य रहेको बताएका थिए। विधान संशोधन गरेर सबै अधिकार आफैँमा केन्द्रित गरेका ओलीले गरेको कारबाही अनपेक्षित भने होइन। 

प्रकाशित मिति: : 2021-03-30 06:27:00

प्रतिकृया दिनुहोस्