देश, जनता र पार्टीविरुद्ध आपराधिक गतिविधि गरेको अभियोगमा एमाले नेता माधव नेपाल निलम्बित

सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकता भंग गरिदिएको तीन सातापछि एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता नेपाललाई कारबाही गरेका छन्।

नेता नेपाल र उपाध्यक्ष भीम रावलले स्पष्टीकरणपत्रको जवाफ चित्तबुझ्दो नदिएको आरोपमा ओलीले दुवै नेतालाई पार्टी सदस्यबाटै निलम्बन गरेका छन्। ओलीको पछिल्लो कदमले एमालेको आन्तरिक तनाव थप भुमरीमा फसेको छ। 

स्पष्टीकरणको जवाफमा अहंकार देखाएको, आत्मालोचना नगरेको र उल्टै प्रतिस्पष्टीकरण सोधेको भन्दै ओलीले सोमबार ६ महिनाका लागि विभिन्न जिम्मेवारीसँगै पार्टी सदस्यताबाट समेत निलम्बन गरेको पत्र नेपाल र रावललाई पठाएका हुन्। वरिष्ठ नेता नेपालले भने निलम्बन गरेको भनिएको उक्त पत्र आफूले प्राप्त नगरेको र यदि गरिएको भए त्यो अवैधानिक भएको भन्दै अस्वीकार गर्ने बताएका छन्। 

प्रकाशित मिति: : 2021-03-30 05:52:00

प्रतिकृया दिनुहोस्