अमेरिकी गायिका बियोन्सेको घरमा तेश्रो पटक फेरी चोरी भएको छ।
चोरले उनको करिब सात लाख डलर बराबरको लुगा, गहना र ब्याग चोरी गरेर फरार भएका छन्।
सम्पन्न जीवनशैलीबाट परिचित गायिका बियोन्सेको घरमा कडा सुरक्षाको बाबजुदपनि कसरी चोरी भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ।
उनी २८ पटक ग्र्यामी अवार्ड जितेर सबैभन्दा धेरै ग्र्यामी अवार्ड जित्ने गायिका हुन्।
४ सेप्टेम्बर १९८१ को दिन ह्युस्टन, टेक्ससमा जन्मेकी गायिका बियोन्सेका चर्चित गितहरु 'क्रेजी इन लभ', 'लभ अन टप' आदि हुन्। उनी सङ्गीत, नृत्य र फेसनको क्षेत्रमा विश्वप्रख्यात छिन्।