११ कर्मचारीले यसरी हत्याए ललितानिवासको २२ रोपनी जग्गा, ज्वाइँ र साढुभाइको नाममा गरे पास

नेपाल खबर

काठमाडौँ

बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिविरुद्ध विशेष अदालतमा थुनछेक बहस चलिरहेको छ। गत वर्ष माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

तीमध्ये ६५ जनासँग जग्गा जफत गर्न माग गरिएको छ। बाँकी ११० जनाविरुद्ध भ्रष्टचारको कसुर, बिगो र सजायको माग दाबी गरिएको छ।ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने कार्यमा मन्त्रीदेखि कर्मचारी, तिनका आफन्त र बिचौलियासम्म तानिएका छन्।

सरकारी जग्गा व्यक्तिको नाममा ल्याइदिएवापत ११ कर्मचारीले समेत बकसस्वरुप २२ रोपनी १० आना जग्गा लिएको खुलेको छ। 

प्रकाशित मिति: : 2021-03-29 12:53:00

प्रतिकृया दिनुहोस्