अमेरिकमा हिंसात्मक घटनाहरु बढ्दै गएको भन्दै एसियाली अमेरिकीहरुको प्रदर्शन

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकामा जातीय हिंसाको घटना दिन प्रतिदिन बढेको भन्दै आइतबार सिकागो र न्यु योर्कमा एसियाली अमेरिकीहरुले प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरुले स्टप एसियन हेट, जिरो टोरोलेन्स फर रेसिजम लेखेको पम्प्लेट लिएर प्रदर्शन गरेका थिए। प्रदर्शनमा स्थानीय प्रहरी अधिकारीहरुले हिंसाका अपराधी हरुलाई कुनैपनि हालतमा नछोड्ने आस्वासन दिएका छन्।

गत वर्ष अश्वेत जर्ज फ्लॉयडको प्रहरीको हातबाट मृत्यु भएपछि पुरै अमेरिका र विश्वमै हिंसात्मक दङ्गा भएको थियो। ब्ल्याक लाइभ म्याटर नामक आन्दोलनकै कारण राष्ट्रपति जो बाइडेनले मृतककि सानी छोरीको अगाडी घुंडा टेकेर माफीसमेत मागेका थिए।यसको साथै सरकारले मृतकको परिवारलाई आर्थिक क्षतिपुर्ति पनि दिएको थियो।

केहि समयदेखि अमेरिकाको विभिन्न शहरहरुमा एसियाली अमेरिकीहरुको हत्या गर्ने, कुटपिट गर्ने र उनीहरुको सामानमा पिसाब गरिदिने जस्ता अमानविय घटनाहरु हुँदै आएका थिए। 

प्रकाशित मिति: : 2021-03-29 10:22:00

प्रतिकृया दिनुहोस्