'शिखर सम्मेलन'मा भाग लिन बाइडेनको पुटिनलाई निमन्त्रणा 

Photo - AP
Photo - AP

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी 'शिखर सम्मेलन'मा भाग लिन रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनलाई निमन्त्रणा गरेका छन्। राष्ट्रपति बाइडेन प्रसाशनले आउँदो अप्रिल २२ र २३ का दिनमा 'जलवायु'को बारेमा विचार–बिमर्श गर्न शिखर सम्मेलनको आयोजना गरेको छ।

बाइडेनको निजी सचिवालय 'ओभल अफिस'द्वारा प्राप्त सूचनाअनुसार शिखर सम्मेलनमा विश्वमा अवस्थित जलवायुको बारेमा बिस्तृत छलफल गरिने छ।

सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका प्रधानमन्त्री लोटे छिरिङ्ग, जर्मन चान्सलर एन्जेला मर्केल, फ्रान्सका राष्ट्रपति इमैनुएल मेक्रो र ब्रिटेन प्रधानमन्त्री बोरिस जोनसन सहभागी हुनेछन्।

साउदी अरबका राजा सलमान बिन अब्दुल अजीज, ब्राजिलका राष्ट्रपति जेयर बोल्सनारो र टर्कीका राष्ट्रपति रजब तैयब इरदुगान पनि सम्मेलनमा सहभागी हुने बताइएको छ।

सम्मेलनमा 'विश्वमा जलवायु परिवर्तन'ले हुने लाभ वा हानीको बारेमा छलफल गरिने 'ओभल अफिस'ले जनाएको छ। सम्मेलनलाई अमेरिकाका प्रमुख १० वटा 'टेलिभिजन च्यानल'बाट प्रशारण गरिने छ।

प्रकाशित मिति: : 2021-03-29 09:11:00

प्रतिकृया दिनुहोस्