दुबैतर्फ खाल्डा भएको साँघुरो मोडमा जोगिने ठाउँ पाएनन्, छोरी-भतिजीसँगै बिदा भए

ट्राफिक प्रहरी भन्छ- सडकका कारण बढ्दैछ दुर्घटना

गीतानगरका मानबहादुर अधिकारी स्कुटरमा छोरी र भतिजीलाई लिएर खाना खान दाइको घर जगतपुर जाँदै थिए।

पकौडी बजारनजिकै एउटा मोडमा विपरीत दिशाबाट आइरहेको बससँग मानबहादुरले चलाएको स्कुटर ठोक्कियो। दुर्घटनामा मानबहादुर र उनीसँग रहेकी १७ वर्षीया छोरी विनिसा र १७ वर्षीया भतिजी दिविसाको मृत्यु भयो।

गीतानगरमा किराना पसल चलाउने मानबहादुरसँगै गत वर्षमात्रै एसईई उत्तीर्ण गरेर नर्सिङको पढाइ सुरू गरेकी विनिसा र जगतपुरमा रहेको लक्ष्मी माविमा कक्षा ११ पढ्दै गरेकी दिविसाले दुर्घटनामा ज्यान गुमाए।

मानबहादुरको आफ्नै बोलेरो गाडी थियो। उनी आफैं त्यो गाडी पनि चलाउँथे।

‘भाउजु भ्रमणका लागि चरिकोट जानुभएको थियो, उहाँको परिवार खाना खान दाइको घरतर्फ जाँदै गर्दा दुर्घटना भएछ,’ मृतकका आफन्त दीपक दवाडीले भने, ‘भतिज पनि सँगै थिए उनी कटिहालेछन्, दुबैतर्फ खाल्डो भएको साँघुरो मोडमा उहाँहरूले जोगिने ठाउँ पनि पाउनुभएन।’

प्रकाशित मिति: : 2021-03-28 13:26:00

प्रतिकृया दिनुहोस्