कोरोनाबाट एकदमै सतर्क हुनुपर्ने अवस्था छ

नेपाल खबर

काठमाडौँ

भारतमा धेरै नेपाली बस्नुहुन्छ। धेरै नेपालीको सम्पर्क हुने प्रान्तमा अहिले कोरोना संक्रमण बढिरहेको छ। विगतमा पनि भारतबाटै नेपाल फर्कने दाजुभाइबाट धेरै संक्रमण आयो। सुरुमा सुदूरपश्चिम, प्रदेश २ मा धेरै संक्रमण देखियो। काठमाडौंमा संक्रमण देखिन अलि समय लाग्यो।

यसपालि पनि होली छ, चैते दसैं छ, नयाँ वर्ष छ। सुदूरपश्चिममा यो बेला भारतबाट फर्कने पनि ट्रेन्ड हुँदोरहेछ। नेपाली धेरै भारतमा हुनुहुन्छ। भारतमा लकडाउन भयो, काम गर्ने ठाउँ बन्द भए भने उहाँहरू फर्केर आउनुहुन्छ।

प्रकाशित मिति: : 2021-03-28 09:04:00

प्रतिकृया दिनुहोस्