मिस थारु २०२१ को उपाधि लिभा चौधरी थारुले जितेकी छिन्।
चितवनको खैरहनीमा सम्पन्न ग्राण्ड फिनालेमा १६ जना प्रतियोगिलाई पछि पार्दै लिभाले उपाधि जितेकी हुन्।
कार्यक्रमका मुख्य निर्णायक मिस नेपाल वल्ड २०१९ की विजेता अनुस्का श्रेष्ठले सोधेको ‘एउटा यस्तो सकरात्मक परिवर्तन के होला ? जुन चाँही आफूमा र परिवारमा ल्याउनु भएको छ, जुन सम्झिदा यहाँलाई गर्व गर्नुहुन्छ’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उदयपुरकी लिभाले उपाधि जितेकी हुन।
उनलाई दोस्रो संस्करणकी मिस थारु आकृति चौधरीले ताज पहराइदिइन।
यस्तै, प्रतियोगितामा सुनसरीकी श्रुति गच्छदार फष्ट रनरअप भइन्। भने, सुनसरीकै लक्ष्मी चौधरीले सेकेण्ड रनरअपको उपाधि जितिन।
यस्तै, तेस्रो संस्करणको मिस्टर थारु २०२१ को उपाधि प्रशान्त हुजदारले जितेका छन्। १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशान्तले उपाधि जितेका हुन्।
पर्साका रवि चौधरी फस्ट रनरअप र मोरङका आशकुमार चौधरी सेकेण्ड रनरअप बने।
प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार उपहार प्राप्त गरे।
Photo : Miss Tharu and Mister Tharu 2021