अफगानिस्थानबाट अमेरिकी लगायतका सबै विदेशी सेना फिर्ता नभए भिषण आक्रमण गर्ने तालिबानको चेतावनी

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : BBC
Photo : BBC

मे १ सम्म अमेरिकी लगायतका सबै विदेशी सेना अफगानिस्थानबाट फिर्ता नभए भिषण आक्रमण गरेर सबै सैन्यबल लाई नष्ट पारिदिने तालिबानले धम्की दिएको छ।

फेब्रुअरी २०२० मा कतारको राजधानी दोहामा पूर्व राष्ट्रपति डोनाल्ड ट्र्म्प र तालिबानी प्रतिनिधिबीच भएको सम्झौता अनुसार आउँदो मे १ तारिख सम्ममा अफगानिस्थानबाट सबै विदेशी सेना फिर्ता भइसक्नु पर्नेछ।

हाल राष्ट्रपति जो बाइडेनले पूर्णरुपमा शान्ति स्थापना नभएसम्म अफगानिस्थानबाट अमेरिकी सेना फिर्ता नहुने संकेत दिएपछि अमेरिका र तालिबानबीच आरोप-प्रत्यारोप सुरु भएको छ। 

तालिबानले अफगान सेनाविरुद्द हमला जारी राखेपनि नाटो सदस्य राष्ट्रका सेनाविरुद्द कुनै आक्रमण गरेको छैन। 

अमेरिकाले भने तालिबानले अल कायदा लगायतका आतंकवादी संगठन हरुसँग को सम्बन्ध कायमै राखेको कारण तत्काल सेना फिर्ता बोलाउन नसकिने बताएको छ। 

यसको जवाफमा तालिबानले मे १ तारिखपछि अफगानिस्थानको भुमिमा विदेशी सेनाको कल्पना गर्न नसकिने बताएको छ। 

प्रकाशित मिति: : 2021-03-28 07:16:00

प्रतिकृया दिनुहोस्