फोहरलाई मोहर बनाउँदै अजयमान

लोकान्तर

काठमाडौँ
प्रकाश आचार्य

बुटवलका युवा अजयमान श्रेष्ठ नयाँ–नयाँ काम गर्न रुचि राख्ने उद्यमीमा पर्छन् । त्यहीँ सिलसिलामा ७ वर्षअघि पनि स्वदेश तथा विदेशमा रहेका साथीहरूबाट नयाँ उद्योग खोल्ने राय सुझाव लिए ।

चीनमा रहेका उनका साथीहरूले अजयलाई फर्नेस आयल उद्योग खोल्न सुझाए । चाइना गएर पनि त्यहाँ फर्नेस आयलबारे बुझे ।

फर्नेस आयल भनेको थोत्रा टायर र ट्युब पेलेर उत्पादन गरिने ठूला उद्योगमा प्रयोग हुने औद्योगिक इन्धन हो । खासगरी फर्नेस आयल औद्योगिक प्रयोजनका लागि प्रयोग गरिन्छ ।

उनले इन्टरनेटमा सर्च गरे । नेपालमा प्रयोगविहीन रूपमा फालिएका पुराना टायर र ट्युबहरूको अवस्था बुझ्ने देश दौडाहामा निस्किए । गाडीका पन्चर टाल्ने ठाउँ, टायर मर्मत गर्ने ठाउँहरू खोज्दै सम्पर्क गराउँदै हिँडे । 

पूर्वपश्चिमसम्म विभिन्न जिल्लामा पुगेपछि उद्योगका लागि चाहिने कच्चा पदार्थ अभाव नहुने निचोडमा पुगे उनी । त्यसपछि भारतमा सञ्चालित विभिन्न फर्नेस आयल इन्डस्ट्रिजको अध्ययन गर्न भारततर्फ लागे । भारतमा २५–३० वटा उद्योग हेरेर उनी उद्योग स्थापना गर्ने निचोडसहित नेपाल फर्किए ।

अजयमानले पुराना प्रयोगविहीन टायरलाई ‘रिसाइकिलिङ’ गरेर ‘तेल उत्पादन गर्छु’ भन्दा उनलाई धेरैले विश्वास गरेनन् । त्यसलाई चुनौती दिँदै २०७१ सालमा रूपन्देहीको देवदह–५ मा स्पीड इनर्जी इन्डस्ट्रिज प्रालि सञ्चालनमा ल्याए । जुन नेपालको पहिलो ऊर्जामूलक फर्नेस आयल उद्योग बन्यो ।

प्रकाशित मिति: : 2021-03-27 20:36:00

प्रतिकृया दिनुहोस्