दक्षिण भारतका सुपरस्टार रामचरण तेजा जेट प्लेनका मालिक

Photo : FlimiBeat
Photo : FlimiBeat

दक्षिण भारतका सुपरस्टार रामचरण तेजा ३६ वर्षमा प्रवेश गरेका छन्।

२७ मार्च, १९८५ मा चेन्नईमा जन्मेका तेजाले सन् २००७ मा पुरी जगन्नाथको फिल्म ‘चिरुथा’ बाट आफ्नो करिअर सुरु गरेका हुन्।  उनले १४ जुन, २०१२ मा अपोलो अस्पतालका कार्यकारी अध्यक्ष प्रताप सी रेड्डीको नातिनी उपासना कमिनेनीसँग विवाह गरेका थिए।२०१६ मा उनले आफ्नै प्रोडक्सन हाउस ‘कोन्निडेला’ स्थापना गरिसकेका थिए। 

तेजा हैदराबादस्थित एयरलाइन ट्रयु जेटका मालिक हुन्। यसबाहेक उनी हैदराबाद पोलो राइडिङ क्लबका मालिक पनि हुन्। उनी  टिभीको बोर्ड अफ डाइरेक्टरमा पनि समावेश छन्। 

तेजाले एउटा मात्र हिन्दी फिल्म खेले। त्यो सुपरफ्लप भएको थियो। अमिताभ बच्चनको सुपरहिट फिल्म ‘जंजीर’ को रिमेकमा २०१३ मा बनेको फिल्ममा तेजाले प्रियंका चोपडासँग हिन्दी फिल्म खेलेका थिए। 

हाल उनी निर्देशक एसएम राजामौलीको ‘आरआरआर’ को सुटिङ गरिरहेका छन्। फिल्म ८ जनवरीमा रिलिज हुने बताइएपनि कोरोनाका कारण मिति ढकेलिएको थियो।

प्रकाशित मिति: : 2021-03-27 17:02:00

प्रतिकृया दिनुहोस्