होली मनाउँदा कोरोनाको कहरलाई ख्याल गर्नुपर्छ: प्रदेश सभा सदस्य महमद समिर

प्रदेश सभा सदस्य महमद समिरले दोस्रो चरणमा बढिरहेको कोरोनाको कहरलाई ख्याल गर्दै होली मनाउन आग्रह गरेका छन्।

शनिवार एक कार्यक्रममा बोल्दै उनले देश अहिले कोरोना महामारीको चपेटामा परेको बेला सजग र सचेत भई होली मनाउन आग्रह गरेका हुन्। साथै उनले आपसी  सदभाव, मेलमिलाप, भाईचाराको पर्वको रुपमा रहेको होली हिन्दुहरुको महान पर्व रहेको बताउँदै शौर्हदपुर्ण रुपमा मनाउन आवश्यक रहेको बताए।

उनले भने, 'भिडभाड र तडकभडक नगरि सभ्य तरिकाले होली मनायौ भने मात्र यो कोरोनाको परिस्थितीसँग लड्न सक्छौ।' 

होली खेलेपछि सावुन पानी, सेनिटाईजरले हात धुनपनि उनले सुझाएका छन्।  

प्रकाशित मिति: : 2021-03-27 15:52:00

प्रतिकृया दिनुहोस्