अमेरिकी अदालतद्वारा छात्राको यौन शोषण मुद्धामा १३ हजार करोड क्षतिपूर्तिको आदेश

सञ्जोग आचार्य

न्युयोर्क

दक्षिण क्यालिफोर्निया विश्वविधालयमा चार वर्षअघि भएको यौन शोषणको मुद्धामा अदालतले पिडित युवतीलाई १ दशमलव १ अर्ब डलर अर्थात करिब १३ हजार करोड रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ। 

सन् २०१६ मा विश्वविधालयकी एक छात्राले आफूमाथि यौन शोषण गरेको भन्दै विश्वविधालयका स्त्री रोग विशेषज्ञ डाक्टर जर्ज टिण्डलमाथि मुद्धा दर्ता गरेकी थिइन। उनले आरोप पत्रमा भनेकी थिइन, ‘एक चिकित्सकले मेरो यौन शोषण गरे।’ 

छानवीनका क्रममा स्त्री रोग विशेषज्ञले ती छात्रा मात्र नभएर अन्य छात्राहरूको पनि यौन शोषण गरेको भेद खुलेको थियो। तर, डाक्टर जर्ज टिण्डलमाथि कुनै कार्यवाही नभएपछि सन् २०१८ मा ५ सय महिलाले विश्वविधालयविरूद्ध मुद्धा दर्ता गराएका थिए। यसपछि मात्र विश्वविधालयले गुनासो गर्ने एउटा युनिट खडा गरेको थियो। जसमा विश्वविधालयका छात्र तथा एल्युमिनाइबाट हटलाइन र वेभसाइटमार्फत उजुरी गर्ने अवसर प्रदान गरिएको थियो। यसका लागि ३ लाख ५० हजार छात्राहरूलाई मेल पठाइएको थियो।।  

विश्वविधालयले यो घटनालाई कालो अध्याय मानेको छ। डाक्टर टिण्डलविरूद्ध तीन वटा मुद्धा अदालतमा विचाराधीन थियो। विश्वविधालयका बोर्ड अफ ट्रस्टीका अध्यक्ष रिक कारुसोले भनेका छन्, ‘विश्वविधालय ती मूल्यमान्यताको रक्षा गर्न असफल भयो, जुन हाम्रो लागि बहुमूल्य थियो। यसले हाम्रो छवीमा गहिरो असर परेको छ।’

प्रकाशित मिति: : 2021-03-27 17:39:00

प्रतिकृया दिनुहोस्