सन् २००९ मा प्रदर्शन भएको हलिउड चलचित्र 'अवतार'ले फेरी एकपटक तहल्का मच्चाएको छ।
चीनमा पूनः प्रदर्शन भएको चलचित्र 'अवतार'ले २१ मिलियन डलर जम्मा गर्दै बक्स अफिस कलेक्सन २.८१ बिलियन डलर पुर्याएको छ। दुई वर्षअघि प्रदर्शनमा आएको चलचित्र 'एभेन्जर्सः इन्ड गेम'ले २.७९८ बिलियन डलरको कलेक्सन गरेको थियो।
प्रदर्शन भएको १२ वर्षपछि हलमा लाग्दा अवतार यति धेरै कमाइ गर्नु विश्व चलचित्रमा पहिलो पटक हो।