अमेरिकामा भएको हमलाको जिम्मेवारी लिन अस्विकार गरे जुकरबर्गले

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : CFR.org
Photo : CFR.org

सामािजक सञ्जाल 'फेसबुक'का प्रमुख कार्यकारी अधिकृत (सीइओ) मार्क जुकरबर्गले गत जनवरी–६ मा अमेरिकाको राजधानीमा भएकाे हमलाकाे जिम्मेवारी लिन अस्विकार गरेका छन्। 

फेसबुकमा भ्रामक विषय लेखिएका कारण उक्त आक्रमण भएको उनको आरोप छ। जुकरबर्गले भनेका छन्, 'त्यो आक्रमणको जिम्मेवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प हुन्।'

हाउस एनर्जी एण्ड कमर्स कमिटीमा विहिबार बोल्दै जुकर्बर्गले हरेक दुर्घटनाको जिम्मेवार सामाजिक सन्जालमाथि थोपारेर सरकार जिम्मेवारीबाट भाग्न खोजेकाे आरोप लगाए।

डेमोक्रेटिक प्रतिनिधि माइक डॉयलले लगाएको उत्तेजक नाराहरु फेसबुकमा पोस्ट गरिएको कारण साधारण मान्छेहरु उत्तेजित भएर उक्त भिड गरेको भन्ने आरोपमा बोल्दै उनले भनेका छन्, 'कानूनको विरोध गर्ने र विद्रोह गर्ने व्यक्तिहरु घटनाको जिम्मेवार हुन, उनीहरुलाई कानुनी कारबाही हुनुपर्छ।' 

उक्त कार्यक्रममा 'गुगल र अल्फाबेटा'का सीइओ सुन्दर पिचाई, 'ट्विटर'का सीइओ ज्याक डोरेसीले पनि करिब पाँच घण्टाको सुनुवाईमा आफ्नो अनलाइन प्लेटफर्ममा भएको गलत सुचनाको बारेमा विभिन्न प्रश्नको जवाफ दिएका थिए। 

सामाजिक सन्जालमा भ्रामक सुचना फैलाएको कारण फेसबुक लगायतका प्रमुख सामाजिक सन्जालहरुले पूर्वराष्ट्रपति ट्रम्पको अकाउण्ट सँधैको लागि बन्दसमेत गरिदिएका छन्।

सामाजिक सन्जालहरुले अकाउण्ट बन्द गरिदिएपछि यतिबेला पूर्वराष्ट्रपति ट्रम्प आफ्नै सामाजिक सन्जाल सुरु गर्ने तयारीमा छन्।

प्रकाशित मिति: : 2021-03-27 06:21:00

प्रतिकृया दिनुहोस्