जिल्ला प्रशासन कार्यालय रोल्पाले मास्क नलगाई घरबाहिर हिड्नेलाई कारबाही गर्ने भएको छ।
भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै सतकर्तता अपनाउन भन्दै प्रशासनले मास्क नलगाई बाहिर हिड्नेलाई कारबाही गर्ने भएको हो।
जिल्ला प्रशासन कार्यालय रोल्पाले सूचना जारी गर्दै मास्क नलगाई हिँडेको पाइएमा संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने जनाएको छ।
त्यस्तै गोष्टी, सेमिनार, तालिम जास्ता कार्य गर्दा पनि सामाजिक दुरी काय गरि जनस्वास्थ्य माफदण्ड पालना गर्न आग्रह गरको छ।