निसाना पौडेल
सूर्यास्तको समय । साँझको त्यो दृश्यमा वसन्तपुरमा दिनभरिको थकान मेट्न आउनेहरू रमाउँदै गफिएका भेटिन्छन् । तर, यहाँ आनन्द लिन आउने मात्र छैनन्, बाध्यतामा रुमल्लिँदै पानीका बोतल बोकेर दौडिने कलिला बालबालिकाहरूलाई पनि देख्न सकिन्छ ।
‘अङ्कल पानी किनिदिनुस् न,’ एक बालक मलिन अनुहारमा अनुनय गर्दै थिए । ‘दाइ यो किनिदिनुस् न प्लिज,’ अर्की बालिका हातमा भएका फोटा देखाउँदै आग्रह गर्दै थिइन् । उनीहरूजस्तै एक हुल बालबालिका डबलीवरिपरि आगन्तुकहरूलाई झकझकाउँदै थिए । उनीहरूको समान उद्देश्य थियो– बेचेर दुई/चार रुपैयाँ कमाउने ।
स्कुल जाने उमेर, साथीसङ्गीसँग खेल्दै खुसी हुने बेला । तर, ती आकाङ्क्षाहरू मार्दै किन उनीहरू दुई/चार पैसामा खुसी साटिरहेका छन् ।