एमालेमा व्यापारीको प्रवेश : पार्टीमोह कि निजी स्वार्थ ?

विज्ञ भन्छन्– राजनीतिमा ठेकेदार पसेपछि सिन्डिकेट मौलाउँछ

रातोपाटी

काठमाडौं

गतसाता उद्योगपति मोतीलाल दुगडको पहलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उद्योगी–व्यवसायीहरु जम्बो टोली बालुवाटार पुग्यो।  प्रधानमन्त्रीलाई भेट्न गएकामध्ये २३५ व्यवसायीहरु एमालेको टीका लगाएर फर्किए।

यसरी उद्योगी–व्यवसायीहरु सामूहिकरुपमा सत्तारुढ एमालेमा प्रवेश गरेसँगै उनीहरुको पार्टी प्रवेशलाई चासोका साथ हेरिएको  छ।

व्यवसायीहरु सरकारलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न एमालेमा प्रवेश गरेको आरोपसमेत कतिपयले लगाएका छन्। व्यापारीहरू आफ्नो स्वार्थ पूरा गराउन सधैं सत्ताको निकट पुग्ने गरेको विश्लेषकहरू बताउँछन्।

यद्यपि, केही व्यवसायीले भने आफूहरुलाई मोतिलाल दुगडले तपाईँहरुका समस्या प्रधानमन्त्रीसँग राख्न पाउनुहुन्छ भनेर बोलाएको तर पछि पार्टी प्रवेश गराएको आरोप लगाएका छन्।

पार्टी प्रवेश कार्यक्रमबारे आफूलाई जानकारी नभएको र त्यहाँ पुगेपछि पार्टी प्रवेश कार्यक्रम पनि रहेको थाहा पाउँदा आफूहरु अचम्ममा परेको ती व्यवसायीको गुनासो छ।

प्रकाशित मिति: : 2021-03-26 11:55:00

प्रतिकृया दिनुहोस्