चिकित्सकीय लापरबाही : पीडितले क्षतिपूर्ति पाउँदैन, भीडले निर्णय गर्छ

अनलाइनखबर

काठमाडौं

१५ फागुन २०७७, जिल्ला अस्पताल प्यूठानमा शल्यक्रियामार्फत प्रसूति गराइएकी २४ वर्षीया अनिशा एमसीको मृत्यु भयो।

मृतकका आफन्तले ‘चिकित्सकको लापरबाहीले मृत्यु भएको’ भनेर आन्दोलन गरे।

उपचारमा संलग्न चिकित्सकले माफी माग्ने र मृतक महिलाको बच्चाको नाममा कम्तीमा ५ लाख रुपैयाँको ‘अक्षयकोष’ स्थापना गर्ने सहमति भएपछि आन्दोलन टुंगियो।

प्यूठान अस्पताल व्यवस्थापन अधिकृत राज घिमिरेका अनुसार, जिल्लाका स्थानीय तहले ५ लाख रुपैयाँको ‘अक्षयकोष’ स्थापना गरिदिने भएपछि मृतकका परिवारले शव उठाएका थिए। ‘सहमति भएपछि उनीहरू कानूनी प्रक्रियामा गएनन्’, अधिकृत घिमिरेले भने।

यो घटनाले अस्पतालमा बिरामीको अस्वाभाविक वा शंकास्पद मृत्यु हुँदा कानूनी बाटोमा जाने भन्दा अस्पताल तोडफोड गर्ने, चिकित्सकहरूलाई लाञ्छना लगाउने र लेनदेनमा कुरा मिलाउने प्रवृत्तिलाई फेरि एक पटक सतहमा ल्याइदिएको छ।

प्रकाशित मिति: : 2021-03-26 10:12:00

प्रतिकृया दिनुहोस्