विभाजनतर्फ एमाले, धमाधम फुट्दै भ्रातृ संगठन

नेपाल खबर

काठमाडौँ

नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच विवाद चर्किदै जाँदा धमाधम भ्रातृ संगठनका समानान्तर कमिटी गठन गरिएका छन्।

युवा, महिला र विद्यार्थी संगठनका अलग–अलग नेतृत्व चयन गर्दै आआफ्ना गतिविधिसमेत थालिसकिएका छन्। दुवै पक्षले आफूअनुकूल पार्टीका जनवर्गीय तथा पेसागत संगठनका नेतृत्व चयन, विस्तार र गतिविधि सुरु गरेका हुन्। यस्ता थप संगठनका भेला गरी आआफ्नै कमिटी बनाउने तयारीमा दुवै पक्ष छन्।

नेकपा माओवादी केन्द्रसँग एकीकरण हुनुअघिसम्म एमालेका भ्रातृ संगठन युवा संघ नेपाल, अखिल नेपाल महिला संघ र अनेरास्ववियु प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीनिकटको नेतृत्वमा थिए।

प्रकाशित मिति: : 2021-03-26 07:29:00

प्रतिकृया दिनुहोस्