भारतले रुससँग क्षेप्यास्त्र खरिद गरेमा अमेरिकाले भारतमाथि प्रतिबन्ध लगाउनुपर्ने माग

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : Thesun.com
Photo : Thesun.com

अमेरिकाका एक शिर्ष एडमिरल जन एक्वीलिनोले रुससंग भारतले खरिद गर्न लागेको एस ४०० क्षेप्यास्त्रको लागि अमेरिकाले भारतमाथि प्रतिबन्ध लगाउनु पर्ने माग गरेका छन्।

उनले भारत र रुसको पुरानो सम्बन्ध भएको र त्यो सम्बन्ध हाल सम्मपनि कायम नै रहेको बताउदै अमेरिकाले उक्त चाल्नुपर्ने माग गरेका हुन्। सिनेटर जिन साहिनले सोधेको प्रश्नको उत्तर दिदै एडमिरल जन एक्वीलिनोले भनेका छन्, 'यदी भारतले क्षेप्यास्त खरिद गर्यो भने अमेरिकाले भारतलाई  प्रतिबन्ध लगाउनु पर्छ।' 

एडमिरल जन एक्वीलिनोले भारतलाई अमेरिकी हातहतियार खरिद गर्न प्रोत्साहन गर्नुपर्ने बताउदै भारत चीनबीच सिमा विवादमापनि अमेरिकाले मध्यस्तता गर्नुपर्ने बताएका छन्।  

भारतले रुससँग क्षेप्यास्त्र खरिद गर्न ५ अर्ब डलरको सम्झौता गरेको बताईएको छ। 

प्रकाशित मिति: : 2021-03-26 07:21:00

प्रतिकृया दिनुहोस्