दोलखा तामाकोसी किनारको माझीबस्तीमा पनि कर गिरोहको छल

माछा मारेर परिवार पालिरहेका तामाकोसी गाउँपालिका- १ भिरकोटका लछुमन माझीविरुद्ध पाँच करोड ५६ लाख कर छलीको मुद्दा लागेको छ । उनका छिमेकी पनि आपूmमाथि कस्तो मुद्दा लाग्ने हो भनेर भयभीत छन् । 

भूकम्पपीडितका नाममा १० देखि ३० हजार राहत दिएर उनीहरूको नागरिकता संकलन गरिएको थियो । तर, त्यही नागरिकताका आधारमा कम्पनी खोलेर अर्बाैँ कारोबार गरी करोडौँको राजस्व छली भएको छ । यस्तै गिरोहले बाराका विपन्न दलितका नाममा कम्पनी खोलेर एक अर्ब चार करोड राजस्व छली गरेको समाचार नयाँ पत्रिकाले बिहीबार प्रकाशित गरेको थियो । 

भूकम्पबाट अतिप्रभावित दोलखामा जेठ–असार ०७२ मा राहत दिने भन्दै गिरोहले तामाकोसी किनारको माझीबस्तीबाट नागरिकता संकलन गरेको थियो । तामाकोसी भिरकोटका लछुमनले पनि नागरिकता दिएका थिए ।

प्रकाशित मिति: : 2021-03-26 05:58:00

प्रतिकृया दिनुहोस्