प्रभाससँगको पहिलो भेटलाई सम्झिदै कृति भन्छिन्- 'धेरै खानुहुँदो रहेछ'

नयाँ बलिउड चलचित्र 'आदि पुरुष'मा बाहुबली सुपरस्टार प्रभाससँग अभिनेत्री कृति सैननले स्क्रीन शेयर गर्दैछिन्।

प्रभास र कृतिबीच यस चलचित्रमा काम गर्नुअघि कुनै भेट भएको थिएन। एक-अर्काको नाम मात्र सुनेका थिए। उनीहरु पहिलो पटक चलचित्रको शुटिङमै भेट भएका थिए। 

यसैबीच कृतिले प्रभासलाई पहिलो पटक भेट्दा लाज लागेको बताएकी छन्। साथै उनले ठट्टा गर्दै प्रभास धेरै खन्चुवा भएको पनि बताएकी छन्। एक अन्तर्वार्तामा उनले हाँस्दै भनेकी छन्, 'प्रभासले धेरै खानुहुँदो रहेछ। सायद शरिर ब्लालेन्सको लागि होला!' 

चलचित्रमा प्रभास रामको भुमिकामा देखिदैँछन् भने कुति सिताको भुमिकामा छिन्। 

प्रकाशित मिति: : 2021-03-25 16:31:00

प्रतिकृया दिनुहोस्