बलिउड अभिनेत्री कंगना रनौतद्वारा अभिनित चलचित्र 'थलाइवी'को ट्रेलर हालै सार्वजनिक भएको छ।
यतिबेला उक्त ट्रेलरले युटुबमा राम्रो चर्चा पाईरहेको छ। ट्रेलरमा देखाईएको कगंनाको झलकलाई करोडौँ दर्शकहरुले मन पराएका छन्। दक्षिण भारतीय चलचित्रका कलाकारहरुले पनि कगंनाको खुलेरै प्रशंसा गरेका छन्।
ट्रेलर हेरिसकेपछि अभिनेत्री सामन्था अक्किनेनीले कंगनाको कामलाई तारिफ गरेकी छन्। सामान्थाले ट्वीट गर्दै भनेकी छन्, 'जबरदस्त ट्रेलर ! कंगना रनौत समकालिन पुस्ताको साहसी अभिनेत्री हो।'
प्रसिद्ध निर्देशक रामगोपाल वर्माले पनि कंगनाको प्रशंसा गरेका छन्।