५० हजारकाे लगानी ४० लाख भयाे, किसान यज्ञराज भन्छन्, 'अब जाेस आयो'

शिलापत्र

काठमाडाै‌ं

रमेश भारती

बाँकेको कोहलपुर नगरपालिका– ८, शीतलनगरका यज्ञराज खत्री पाँच वर्ष साउदीमा काम गरेर स्वदेश फर्किए । त्यसपछि उनले कोहलपुरमै ‘शीतल बट्टाई फार्म’ खाेले । अनि बट्टाईसँगै लोकल कुखुरा, टर्की र लाैकाट पाल्न थाले ।  

साउदीमा हुँदा पोल्ट्री फार्ममै काम गरेका थिए उनले । त्यही अनुभवका आधारमा काम गर्ने साेचका साथ आफूले फार्म खाेलेकाे उनले बताए । साउदीमा ५ वर्ष काम गर्दा सिकेको सीपकै आधारमा बट्टाई, लोकल कुखुरा, टर्की र लाैकाट पालन गरिरहेको खत्रीले बताए । ‘काम त जहाँ गए पनि गर्नु नै पर्छ', उनी भन्छन्, 'तर, आफ्नाे देशमा पसिना बगाउँदा सन्ताेष मिल्छ ।’

नेपालमा काम गर्दा विदेशमा जस्ताे दुःख नहुने उनकाे अनुभव छ । परिवारसित बसेर, खेतकाे धान अनि काेठेबारीकाे ताजा तरकारी खाएर गाउँमै केही गर्दै बस्नुकाे मज्जा नै भिन्दै छ नि !', खत्री भन्छन् । 

साउदीमा काम गर्दा बचत गरेको केही पैसा र परिवारको सहयोगले फार्म खाेलेकाे उनले बताए । खत्रीले दुई कट्ठा जग्गामा फार्म सञ्चालन गरिरहेका छन् । उनकाे फार्ममा १ हजार बट्टाई, ११ सय लोकल कुखुरा, ५० वटा लाैकाट र ३० वटा टर्की छन् । बट्टाई, लोकल कुखुरा, टर्की र लाैकाट हुर्काउन कम्तीमा ६ महिना अलि बढी दुःख पर्ने उनकाे अनुभव छ ।  

प्रकाशित मिति: : 2021-03-25 12:51:00

प्रतिकृया दिनुहोस्