अमेरिकाको कोलोराडोमा भएको मास सुटिङको लाइभ भिडियो हटाउन युट्युबद्वारा अस्विकार

बिएल संवाददाता

वासिङ्टन डीसी

अमरिकाको कोलोराडो राज्यको बोल्डर शहरस्थित किङ्ग सोपर्स सुपर मार्केटमा सोमबार भएको अन्धाधुन्द गोली काण्ड (मास सुटि)को विवादित लाइभ भिडियो युट्युबले हटाउन अस्विकार गरेको छ।

गुगलको स्वामित्वमा रहेको भिडियो प्लेटफर्म युट्युबकी प्रवक्ता एलेना हर्नांडेजले घटना दुखद भएपनि समाचार भएको कारण भिडियो हटाउन नसकिने बताएकी छन्। उनले भनेकी छन्, 'हामीले उक्त सामग्रीमा उमेरको प्रतिबन्ध कायम राखेका छौ। २१ बर्षभन्दा कम उमेरका दर्शकहरुले यो भिडियो हेर्न सक्दैनन्।' 

उक्त भिडियो रेकर्ड गर्ने डिन सिलर संवेदनशिल भिडियो रेकर्ड गरेको अभियोगमा पटकपटक पक्राउ परेका व्यक्ति हुन्। उनी  सन् २०१९ मा पनि बोल्डरको काउन्टी जेल वरिपरिको भिडियो बनाएको आरोपमा पक्राउ परेका थिए। 

यो समाचार तयार पार्दासम्म उक्त भिडियो पाँच लाख ८५ हजारभन्दा बढीले हेरिसकेका छन्। युट्युबको नियम अनुसार दर्शकलाई भयभित बनाउँने र हिंसालाई बढावा दिने सामग्री राख्ने अनुमति छैन। 

प्रकाशित मिति: : 2021-03-24 21:02:00

प्रतिकृया दिनुहोस्